काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन ठीक छैन भनेर टुटाउनका लागि षड्यन्त्र भइरहेको बताएका छन् । शुक्रबार जनताको साथमा काँग्रेस अभियान प्रथम चरणको समापन कार्यक्रम एवं बिपी कोईरालाको १०९ औँ जन्मजयन्तीको अवसरमा विशेष सम्मान कार्यक्रमलाई चितवनमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।
उनले गठबन्धन अहिलेको आवश्यक्ता भएकोले गठबन्धन ठीक छैन भन्नु षड्यन्त्रकारी कुरा भएको उल्लेख गर्नुभयो । उहाँले गठबन्धन कुनैपनि हालतमा टुट्न नदिने प्रतिवद्धता जनाए ।
प्रधानमन्त्री देउवाले गठबन्धन ठिक छैन भन्नु पार्टीलाई सिध्याउने षड्यन्त्र भएको पनि उल्लेख गरे । उनले गठबन्धन बलियो भए मात्रै पार्टीहरु बलियो बन्ने बताउनुभयो । उनले गठबन्धनबाट जतिसक्दो धेरै फाइदा लिनुपर्ने बताए ।


दर्शन खबर । २४ भाद्र २०७९, शुक्रबार