जाजरकोट : काठमान्डौँबाट जाजरकोट आउने क्रममा शुक्रवार ना ७ ख १०८८ नम्बरको बसमा कुशे गाउँपालिका ५ का वडा सचिव बुद्धी बहादुर वलीको हराएको सामान फेला पारि प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।
वलीको वडाका महत्वपुर्ण कागजात र व्यक्तिगत सामान भएको झोला हराएको हुदा खोजतलास गरिदिनु भनेर उहाले प्रहरीलाई जानकारी दिनुभएको थियो ।
उहाले प्रहरीलाई जानकारी गराएपछि प्रहरी चौकी मटेलाबाट खटिएको प्रहरी टोलीले खोजतलास गरि उक्त सामानहरु फेला पारेर सम्बन्धित व्यक्तिलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष निरौलाले जानकारी दिनुभयो ।


दर्शन खबर । २४ भाद्र २०७९, शुक्रबार