प्रथम कर्णाली गैसस कप फुटसल प्रतियोगितामा कोपिला भ्याली प्रथम


सुर्खेत । प्रथम कर्णाली पुटसल प्रतियोगिता वीरेन्द्रनगरमा सम्पन्न भएको छ । गैरसरकारी संस्था महासंघ कर्णाली प्रदेशको आयोजनामा भएको नेपाल गैरसरकारी संस्था कप फुटसल प्रतियोगिता शुक्रबार वीरेन्द्रनगरमा सम्पन्न भएको हो ।
शुक्रबार भएको फाईनल खेलमा सुन्दर नेपाल संस्थालाई १ का विरुद्ध २ गोल गर्दै कोपिला भ्याली प्रथम भएको छ, भने सुन्दर नेपाल संस्था दोस्रो र मर्सी कोर्पस् तेस्रो भएका छन् । गैर सरकारी संस्थाहरुको मित्रता कायम गर्ने र फुटसल खेललाई प्रवर्दन गर्नका लागी प्रतियोगिताको आयोजना गरिएको गैरसरकारी संस्था महासंघ कर्णाली प्रदेशका ईन्चार्ज घनश्याम केसिले जानकारी दिए ।

कर्णाली प्रदेशमा गैरसरकारी संघसंस्थाहरुको समन्वय बढाउने लक्ष्यका साथ प्रतियोगिताको आयोजना गर्ने गैसस महासंघ कर्णालीलाई धन्यावाद व्यक्त गर्दै युएनडिपी कर्णाली प्रदेशका प्रमुख रफिक सिद्धीकीले आगामी दिनमा यस्ता प्रतियोगिताहरु संचालन गर्न आवश्श्यक रहेको बताए । यस्तै कोपिला भ्यालीका व्यवस्थापन निर्देशक टोप बहादुर मल्लले यस्ता खेलहरुले स्वस्थ रहन सहयोग गर्ने संघ संस्थाहरु विच एक आपसमा समन्वय र शसक्तीकरण ल्याउन सहयोग गर्ने हुनाले यस्तो प्रतियोगिता महत्वपुर्ण रहेको बताए ।
यस्तै सेभ द चिल्ड्रेन की धना भुषालले पनी गैरसरकारी संस्था स्तरिय फुटसल प्रतियोगिताले एक आपसमा चिनजान तथा समन्वय बढेको र आफ्नो स्वास्थ्यलाई तन्दुरुस्त राख्न नसकेको अवस्थामा यस्ता खेलहरुले स्वास्थ्यलाई तन्दुरुस्त राख्न सहयोग गरेको भन्दै गैरसरकारी संस्था महासंघ कर्णालकिा धनयावाद व्यक्त गरिन् ।


तपाईको प्रतिक्रिया