जाजरकोट : जाजरकोटको नलगाड नगरपालिका ०८ मालुवातडामा मिनि ट्रक दुर्घटना हुदाँ एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने २ जना घाईते भएका छन ।
रुकुम पश्चिमको राडि देखि मैदा मिठो लिएर तल्लुवगर तर्फ जाँदै गरेको भे १ ख ३७३६ नम्बरको मिनि ट्रकको एक्कासी ब्रेक फेल भई दुर्घटना हुदाँ सल्यान बनगाड कुपिण्डे दह नगरपालिका वडा नं ५ का १८ बर्षिय आशिष गन्दर्भको घटनास्थलमै मृत्यु भएको हो ।
यस्तै, रोल्पाको गंगादेव गाउँपालिका ३ बस्ने ३० बर्षिय नविन डाँगीको टाउको,ढाड तथा शरीरको विभिन्न भागमा चोट लागि गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । ट्रक चालक सुर्खेत भेरी गंगा नगरपालिका ०६ बस्ने बर्ष ५० को लक्षिराम विकको खुट्टामा समान्य चोट लागेको बताईएको छ ।
घाइतेहरुको एम्बुलेन्स एम्बुलेन्स मार्फत उपचारको लागि मेडिकल कलेज कोहलपुर पठाइएको प्रहरीले जनाएको छ । कर्णाली प्रदेश प्रहरीका अनुसार ट्रक सडकदेखि तल अन्दाजी ३०/३५ मिटर भेरी नदीको किनारमा खसेको थियो । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


दर्शन खबर । २३ भाद्र २०७९, बिहीबार