दीपेन्द्र पंगाली गुर्भाकोट: पुर्वी सुर्खेतको सबैभन्दा पुरानो विद्यालय आनन्द माध्यमिक विद्यालयको विद्यालय व्वस्थापन समितिको अध्यक्ष श्री यामलाल पंगालीको सभापतित्वमा ५६ औ अन्तरास्ट्रिय साक्षरता दिवस, राष्ट्रिय शिक्षा दिवस र विद्यालयको वार्षिकोत्सब विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।

उक्त कार्यक्रमको अबसरमा विद्यालयबाट सेवा निबित्री भै जानू भएका शिक्षक ज्युहरुलाइ धन्यवाद तथा शुभकामना व्यक्त गर्दै यस आनन्द माध्यमिक बाट अनेन्त्र विद्यालयमा सरुवा भई जाने शिक्षक हरुलाइ कार्यकालको पुर्ण सफलताको शुभकामना तथा बधाई दिदै विद्यालयका हरेक गतिविधि लाई चुस्त बनाउनको लागि विद्यालय व्वस्थापन समिति अध्यक्ष पंगालीले यस आनन्द माध्यमिक विद्यालयमा कार्यरत शिक्षक हरुलाइ सुझाव सहिद को निर्देशन गर्नुभयो ।

उक्त कार्यक्रममा सहभागी अभिभावक एब्म शिक्षक अभिभावक संघ का अध्यक्ष लागायत सम्पुर्ण पदाधिकारीहरु लाई विद्यालयको बरेमा आफुले गर्नु पर्ने काम कर्तव्य र अधिकारको बारेमा अध्यक्ष श्री याम लाल पंगाली ज्युले सुझाव सहिदको मन्तव्य राखदै विद्यालयका सम्पूर्ण परिवारमा आआफ्नो जिम्मेवारी लाई आत्मसात् गर्दै विद्यालयको उच्च प्रगति को कामना गर्नु भएको थियोे र उक्त कार्यक्रममा विभिन्न अतिरिक्त क्रियाकलाप मा प्रथम द्धितिय तृतिय स्थान हासिल गर्ने भाइ बहिनीहरुलाइ पुरस्कार एवम् हौसला दिदै कार्यक्रम समापन गर्नु भएको थियो ।





दर्शन खबर । २३ भाद्र २०७९, बिहीबार