शिवालयको सबैभन्दा पुरानो वीरेन्द्र मा वि को प्रशासनिक भवन निर्माण सम्पन्न

कुलेन्द्र शाही जाजरकोट: जाजरकोटको शिवालय गाउँपालिकाको सबैभन्दा पुरानो विद्यालय श्री वीरेन्द्र माध्यामिक विद्यालयको नँया प्रशासनिक भवन निर्माण सम्पन्न भएको छ । शिवालय गाउँपालिका ७ जुङ्गाथापाचौरमा रहेको श्री वीरेन्द्र माविको नँया प्रशासनिक भवन प्रदेश सरकारको सर्शत अनुदान ३० लाखमा निर्माण सम्पन्न भएको हो ।

प्रदेश सरकारको आर्थिक सहयोगमा २०७९ सालको जेठ देखि सुरु भएको भवन निर्माण भदौँ २२ गते सम्पन्न भएको हो । ३ कोठे भवन निर्माण पंश्चात प्रशासनिकको काम गर्न सहज हुने वीरेन्द्र माविका प्रधानाध्यापक शेर वहादुर खत्रीले बताउनुभयो ।

शिवालय गाउँपालिकाकै सबैभन्दा पुरानो र सामुदायिक विद्यालय मध्य यो एक नमुना विद्यालय भएको प्रअ खत्रीले बताउनुभयो । शिक्षा कार्यालयले पटक पटक अनुगमन गर्दा पालिकाका अरु विद्यालय मध्ये उक्त विद्यालयमा भौतिक व्यवस्थापन, सरसफाई, कक्षाकोठा व्यवस्थापन र पढाईमा पनि विगत भन्दा हाल केही सुधार आएको बताएको छ ।
“हामी पढाईलाई अझै राम्रो कसरी बनाउन सकिन्छ त्यसरी नै लागिपरेका छौँ ” प्रअ खत्रीले भन्नुभयो । उहाले थप्नुभयो “हाम्रो विद्यालयमा अहिले १८ जना कर्मचारी छौँ” । “सबै कर्मचारी नियमित उपस्थिती हुन्छौँ र पढाईलाई निरन्तरता दिईरहेका छौँ ” । यस्तै उक्त विद्यालयमा वाल शिक्षादेखि कक्षा १२ सम्म पढाई भईरहेको छ ।


तपाईको प्रतिक्रिया