साहारा बोडिङ स्कुलमा वडा स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

अम्मर राजवंशी गुर्भाकोट।  ५६ औ अन्तरास्ट्रिय साक्षरता दिवसको अवसरमा गुर्भाकोट नगरपालिकाको आयोजना तथा वडा कार्यालयको समन्वयमा स्वास्थ्य शिक्षाको महत्व शिर्षक मा साहारा इंगलिस मीडियम बोडिङ स्कुलमा आधारभुत तहको वडा स्तरिय वक्तृत्वकला प्रतियोगिता आज एक कार्यक्रममा बिच सम्पन्न भएको छ ।

उक्त कार्यक्रमको प्रमुख अथिती गुर्भाकोट नगरपालिका वडा न ९ का वडा अध्यक्ष ज्ञान बहादुर खत्री वडा सदस्य लोक बहादुर डाङी साहारा ईङलिस मिडियम बोडिङ स्कुलका सस्थापक हरि खडका र विभिन्न बिद्यालयका शिक्षकहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

वडास्तरिय वक्तित्वकला प्रतियोगितामा प्रथम दोस्रो तेस्रो तथा सान्तवना स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाइ सम्मान गरिएको थियो ।


तपाईको प्रतिक्रिया