ज्ञान भण्डार मा बि कोटखोलामा साक्षरता दिवस कार्यक्रम सम्पन्न

हुम बहादुर कार्की गुर्भाकोट । ५६ औ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अबसर पारी जन ज्ञान भण्डार मा बि कोटखोला गुर्भाकोट २ सुर्खेतले “साक्षरता सिकाइ क्षेत्रमा रुपान्तरण” भन्ने मुल नाराका साथ गुर्भाकोट नगरपालिका वडा नम्बर २ को सहायोग मा कार्यक्रम सम्पन्न भएको हो ।

साक्षरता दिवस कार्यक्रम मा बोल्दै वडा अध्यक्ष नोख बहादुर वलिले ५६ औ अन्तर्राष्ट्रिय साक्षरता दिवस को सुभकामना दिदै शिक्षा जीवन को तेस्रो आँखा हो । साक्षरता र सिकाइ दुबै शिक्षाका पाटा हुन शिक्षा अभाबका कारण गरिबी बढ्ने पनि एउटा कारक हो ।

त्यसैले यस क्षेत्रमा गरिबका कारण होस या कुनै कारणले शिक्षा बाट कोहि पनि बन्चित नहुने ब्यबस्था गरि सबै लाई सिकाइ उपलब्धि स्थान सम्म आएर शिक्षा लिन बताउनु भएको थियो । उत्त कार्यक्रममा साक्षरता दिवस को सुभकामना वडा सचिब गणेश डिसिले पनि दिनु भएको थियो।

यसै गरि ५६ औ अन्तर्राष्ट्रिय साक्षरता दिवस अबसरमा गुर्भाकोट नगर शिक्षाले आयोजना गरेको वडा स्तरीय बत्तित्वकला प्रतियोगितामा यस बिधालय तेस्रो स्थान पर्न सफल भएको छ । उक्त प्रतियोगिता मा कक्षा ९ कि छात्रा रितु भण्डारिले प्रतिस्पर्धा गर्नु भएको थियो।

कार्यक्रममा स्वागत मनतब्य शिक्षक गोबिन्द प्रसाद ढकालले राख्नु भएको थियो भने कार्यक्रम सन्चालान शिक्षक दिनेश शर्माले गार्नु भएको थियो । कार्यक्रममा बिब्यस, अभिभाबक तथा बिध्यार्थीहरु को उपस्थित रहेको थियो ।


तपाईको प्रतिक्रिया