विच सडकमै विद्युतका पोल, उत्तीकै छ दुर्घटनाको जाखिम

कुलेन्द्र शाही सुर्खेत। भेरीगंगा नगरपालिका १२ छिन्चुमा विद्युतका पोलहरु नसारी सडक कालोपत्रे गरिएको छ । यसरी विद्युतका पोलहरु बिचमा राखेर कालोपत्रे गरेको तस्वीर अहिले सामाजिक सञ्जालमा भाईरल भइरहेको छ । लथालिङ्ग विद्युतका पोलहरुले सवारी आवागमनमा समेत समस्या भईरहेको छ, यसले गर्दा दुर्घटनाको जोखीम समेत बढेको छ ।

देउतीटोल स्थित ईलाका प्रहरी कार्यालय नजिकै बिजुलीको पोल नसारेर सडक कालोपत्रे गरिएको छ । उक्त स्थानमा सडक कालोपत्रे गर्न टोल विकास समिति र नगरपालिकाले नेपाल विद्युत प्राधिकरणलाई विद्युतका पोल हटाउन आग्रह गरिएको भएपनि कुनै पहल नभएपछि सडक कालोपत्रे गर्न बाध्य भएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले पटक पटक विद्युतका पोलहरु हटाउन आग्रह गरेता पनी प्राधिकरणले नहटाएको र नगरपालिका आफैले पोलहरु हटाउन नमिल्ने र पालिकाकोे अधिकार पनि नभएको कारण पोलहरु नसारेर सडक कालोपत्रे गर्नुपरेको भेरीगंगा नगरपालिकाका नगरप्रमुख यज्ञ प्रसाद ढकालले बताए ।

देउती टोलमा मत्र नभई मुख्य बजार क्षेत्रमा पनी विच सडकहरुमा  पनी विद्युतका पोलहरु ठडिएका छन् । दैनीक सयौँ सवारी ओहोर दोहोर हुने उक्त क्षेत्रमा सम्वन्धीत निकायले ध्यान दिन सकेको छैन्। उक्त सडक तथा सोही ठाउका छेउछाउको नाला नगरपालिका र सहरी विकास मन्त्रालयको ५५ लाख बजेटमा कालोपत्रे गरिएको भेरीगंगा नगरपालिका प्राविधिक मोतिलाल प्रसादले बताए ।

उनका अनुसार पोल हटाउने प्रयास पहिले देखि भएता पनी पोल हटाएर राख्ने ठाउँ नहुदा हटाउन नसकिएको हो । यता विद्युत प्राधिकरणका प्रमुख युवराज रावत आफुलाई यो बारेमा कुनै पनि जानकारी नआएको बताउछन् ।

मौखिक रुपमा कसैले पोल सार्नुपर्छ भनेको भएपनि लिखित रुपमा आफुलाई कुनै पनि लिखित निवेदन नआएको रावतको भनाई रहेको छ । यदि लिखित रुपमा निवेदन आएमा स्थलगत अनुगमन गरी सार्नु पर्ने भएमा माथिल्लो निकायमा पहल गर्ने उनले बताए ।

यसरी बीच सडकमा विद्युत पोल राखेर कालोपत्रे गर्दा सवारी साधन लगायत आफुहरुलाई आवतजावत गर्न समस्या भएकोे स्थानीय बताउँछन । पछिल्ला समयमा सरकारले कालोपत्रे सडकको तथ्यांक बढाउँदै लगेको छ, त्यो भन्दा ठूलो दरमा सडकको गुणस्तर र सडक सुरक्षासम्बद्ध समस्या बढ्दै गएको देखिन्छ ।

तपाईको प्रतिक्रिया