आसन्न निर्वाचनका लागी एमाले कर्णालीले बनायो निर्वाचन परिचालन कमिटी


सुर्खेत । आसन्न मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेश सभा निर्वाचनका लागी नेकपा एमालेले कर्णालीमा प्रदेश निर्वाचन परिचालन कमिटि गठन गरेको छ ।
एमाले कर्णाली प्रदेश कमिटिको भदौ २१ र २२ गते वीरेन्द्रनगरमा बसेको बैठकले प्रदेश अध्यक्ष विनोद कुमार शाहको संयोजकत्वमा ३ सय १४ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरेको हो । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई प्रभावकारी रूपमा परिचालन गर्न उक्त कमिटि गठन गरिएको अध्यक्ष शाहले जानकारी दिए । यस्तै शाहकै संयोजकत्वमा २६ सदस्यीय सचिवालय गठन गरेको छ । बैठकले टोलसम्म ७ तहका निर्वाचन परिचालन गर्ने पनि निणर्य समेत गरेको हो ।

 

बैठकले आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा जिल्लाहरुबाट प्राप्त प्रत्यक्ष र समानुपातिक तर्फका सिफारिसलाई पार्टी केन्द्रिय कार्यालयमा पठाउने निणर्य गरेको छ । साथै बैठकले आगामी निर्वाचनलाई व्यवस्थित, प्रभावकारी परिचालनका लागि प्रदेश कमिटीका अध्यक्ष बिनोदकुमार शाहको संयोजकत्वमा ३ सय १४ सदस्यीय प्रदेश निर्वाचन परिचालन कमिटी गठन गरेको र शाहकै संयोजकत्वमा २६ सदस्यीय निर्वाचन परिचालन सचिवालय समेत गठन गरेको हो ।
यस्तै बैठकले आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सबै कमिटीहरुलाई तहगत निर्वाचन परिचालन कमिटी गठन गर्न निर्देशन गरेको र प्रदेश कमिटीका सदस्य दैलेखका योगेन्द्र शाहीलाई पार्टीको अर्थ तथा योजना विभागको सचिवमा मनोनयन समेत गरेको हो ।
यस्तै प्रदेश कमिटी सदस्य जाजरकोटका नगेन्द्र शाहलाई अनुशासन कारबाही र सदस्यताबाट हटाउने निणर्यको समेत अनुमोदन गर्ने लगाएतका निणर्य गरिएको छ ।

तपाईको प्रतिक्रिया