सन्दिप लामिछानेमाथि १५ वर्षीया नाबालिग बलात्कार गरेको आरोप, पीडितले दिइन उजुरी

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा प्रहरीमा जाहेरी परेको छ । क्रिकेटर लामिछानेविरुद्ध हिजो काठमाडौं प्रहरी परिसरमा एक किशोरीले जाहेरी दिएकी हुन ।

नेपाली टोलीको नेतृत्व गर्दै लामिछाने केन्याविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङखला खेल्न भदौ ६ गते राजधानी नैरोबीतर्फ प्रस्थान गर्नुभएको थियो । त्यसको अघिल्लो रात लामिछानेले आफूमाथि जबर्जस्ती करणी गरेको जाहेरी किशोरीले दिएकी प्रहरी उच्च स्रोतको दाबी छ ।

तर, यो विषय प्रारम्भिक अनुसन्धान भइरहेको भन्दै प्रहरी अधिकारी औपचारिक रूपमा बोल्न मानेनन । आफूले स्न्याप च्याटमार्फत एक प्रशंसकका रूपमा लामिछानेसँग कुराकानी गर्ने गरेको र त्यसकै आधारमा भेट्न बोलाएर भदौ ५ गते नगरकोट घुमाउन लगेको पनि पीडित किशोरीले जाहेरीमा उल्लेख गरेकी छन ।

नगरकोटबाट त्यही रात फर्किएर तिलगंगा क्षेत्रको एक होटलमा लगेर आफूलाई लामिछानेले जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । लामिछाने हाल क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा रहनुभएको छ । उहा केन्यासँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङखलापछि क्यारेबियन प्रिमियर लिग खेल्न त्यसतर्फ लाग्नुभएको थियो ।

तपाईको प्रतिक्रिया