नाप नक्सा विपरितका भौतीक संरचना हटाउन वीरेन्द्रनगरको सात दिने अल्टीमेटम


सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले मंगलगढी देखी गणेशचौक पुल सम्मका नाप नक्सा विपरित निर्माण गरीएका संरचना हटाउन ७ दिने अल्टीमेटम दिएको छ ।
मंगलगढी देखी गणेशचौक पुल सम्मका मुख्य बजार क्षेत्रमा सडक स्तरोन्नती गर्ने कार्य भईरहको भन्दै उक्त क्षेत्रमा रहेका विद्युतका पोल तथा तारहरु, नेपाल टेलीकमका तारहरु, नक्सा पास नभई निर्माण गरिएका भौतीक संरचनाहरु सात दिन भित्र हटाउन मंगलबार एक सुचना जारी गर्दै निर्देशन दिएको हो ।

तोकिएकोे समयमा त्यस्ता संरचना हटाउन अटेर गरेको आवस्थामा सरोकावाला निकाय तथा जग्गाधनीलाई स्थानिय सरकार सञ्चालन ऐन २०७४ तथा प्रचलित कानुन अनुसार कारवाही गरीने प्रमुख प्रशासकिय अधिकृत नरहरी तिवारी द्धारा हस्ताक्षर गरीएको सुचनामा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया