जिल्ला खेलकुद विकास समिति जुम्लाको कार्यालयमा तालाबन्दी

जुम्ला : जिल्ला खेलकुद विकास समिति जुम्लाको कार्यालयमा फुटबल खेलाडीले ताला लगाएका छन्। २१ भदौदेखि कर्णाली प्रदेशको सुर्खेतमा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद छनोट प्रतियोगितमा जुम्लाबाट खेलाडी सहभागी नगराएको विरोधमा कार्यालयमा ताला लगाएका हुन्।

प्रेस विज्ञप्ति जारी गर्दै फुटबल खेलाडी भनेका छन्, ‘जुम्लाबाट फुटबल बाहेक अरू सबै खेलका प्रतियोगितामा खेलाडी सहभागी गराएका छन्।

नवौँ राष्ट्रिय खेलकुद छनोट प्रतियोगितमा सहभागिता जनाउने जिल्ला खेलकुद विकास समितिको कार्यालयसँग चासो राख्दा पनि खेलाडी पठाउन पैसा कम छ। कुनै प्रतियोगिता हुँदैन छनोट मात्र हुने भन्ने भ्रममा पारेर फुटबल खेलाडीलाई छुटाएको रुवेन भण्डारीले बताए।

उनले भने‚ ‘जुम्लाबाट ११ जना फुटबल खेलााडी माग गरिएको थियो। छनौट प्रतियोगिता हुने होइन। खाली खेलाडी हेरेर छनोट मात्र हुने हो भनेर भ्रममा पार्ने काम भयो तर छनोट प्रतियोगिता खेल नै भएपछि फुटबलर खेलाडीले कार्यालयमा ताला लगाउनु परेको हो।’

‘जिल्लामा खेलकुदका कार्यालय छन्। पैसा पनि आउँछ तर लामो समयदेखि खेलकुद गतिविधि भएको छैन। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पनि जिल्लाबाट खेलकुद छनोट प्रतियोगिता नै नगरी खेलाडी प्रदेशमा पठाएकोप्रति सरोकारवाला निकायको ध्यानाकर्षण गराउँछौँ’, खेलाडी जीवन खत्रीले भने।

जिल्ला खेलकुद विकास समिति जुम्ला अध्यक्ष धनकृष्ण पाण्डेका अनुसार नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको खेलाडी छनोटका लागि सूचना टाँससहित प्रसारणसमेत गरिएको थियो।थाहाखबर बाट

तपाईको प्रतिक्रिया