वडा अध्यक्षको राजीनामा माग्दै, वडा कार्यलयमा तालाबन्दी


सुर्खेत । सिम्ता गाउँपालिका वडा नम्वर ३ कार्यालय आग्रिगाउँमा स्थानियले ताला लगाएका छन् । मंगलवार केही स्थानिय नागरिकहरुले वडा अध्यक्ष लोक बहादुर शाहीको राजीनामा माग गर्दै ताला लगाएका हुन् ।
वडा अध्यक्ष शाहीले एक महिला संग गरेको गोप्य अडियो सार्वजनीक भएपछी स्थानिय र महिलाका आफन्तहरुले वडा कार्यालयमा ताला लगाएका हुन ।
यता वडा अध्यक्ष शाहीले भने, “म आज वडा कार्यालयमा गएको छैन, काम बिशेषले बाहिर छु कार्यबाहाक वडा अध्यक्षलाई जिम्मेवारी दिएको छु ” । “वडा कार्यालयमा राजीनामा माग गर्दै तालाबन्दी गरेको भन्ने जानकारी पाएको छु” उनले भने ।

केही दिन पहिला वडा अध्यक्ष शाही र सोही स्थानकी एक महिला विच फोनमा भएको गोप्य कुरा सामाजिक सञ्जालमा सार्वजनीक भएको थियो, त्यस पश्चात स्थानिय तथा सरोकारवालाहरुले सामाजिक सञ्जालमार्फ वडा अध्यक्ष शाहीले नैतीक रुपमा राजीनामा दिनु पर्ने बताउँदै आएका छन् ।

सामाजिक अभियान्ता रवी चन्द भन्छन्, नैतिक रुपमा वडा अध्यक्षले राजीनामा दिनु पर्छ, सार्वजनीक पदमा बसेको व्यक्तीको यस्ता प्रकारका कुराहरु आउनु राम्रो होईन्, उनी भन्छन्” ।


तपाईको प्रतिक्रिया