हुम्लाको सर्केगाड १ मा विद्यार्थी विरामी हुन थाले पछि आइतवार सम्म विद्यालय बन्द

मोहनसिङ बुढा हुम्ला : हुम्लाको दक्षिणी क्षेत्रमा पर्ने सर्केगाड गाउपालिका वडा नम्बर १ जैर तुम्च अन्त्रगत पर्ने देवल आधारभुत विद्यालयका बिद्यार्थी धमाधम बिरामी हुन थाले पछि आउदो आइतबार सम्मका लागि विद्यालय बन्द गरिएको छ ।

कक्षा शिशु देखि ८ सम्म अध्यन गराइने उक्त विद्यालयमा जम्मा १ सय ५० विद्यार्थी रेहेकोमा विद्यार्थीमा दिनहु ज्वरो आउने, वान्ता हुने,टाउको दुख्ने,छाती दुख्ने,सास फेर्न गारो हुने,एक्कासी ढल्ने,रुने कराउने जस्ता लक्षण देखा परे पछि विद्यालय व्यवस्थापन समितिको आपतकालिन बैठक बसेर आईतबार सम्मका लागि विद्यालय बन्द गरिएको बिद्यालयका प्रधानाध्यापक काली बहादुर रावतले जानकारी दिनुभएको छ ।

उहाका अनुसार अहिले सम्म सबै केही यस्तो लक्षण नदेखिएको विद्यालयमा केहि दिन अगाडि मात्र यस्तो समस्या आएको उहादे बताउनुभयो। विद्यालयमा सोही विरामीका लक्षण देखा परि एकै तीन चार जना विद्यार्थी ढल्न थाले पछि विद्यालयमा आपतकालिन बैठक बसि विद्यालय बन्द गरिएको छ ।

विद्यालयमा विरामी परेका केही बिद्यार्थिबाट नै अन्य विद्यार्थी सहितका घर परिवार सहित नगारिकमा उक्त रोक फैलीनबाट जोगाउनका लागि विद्यालय बन्द गरिएको हो ।

विद्यालबाट गाउँपालिकाको स्वास्थ्य शाखा जान समेत पैदल हिडेर ५ देखि ६ घण्टा सम्म लाग्ने गर्दछ भने सवारी साधनमा करिव २ घण्टा सम्म लाग्ने गर्दछ । केही महिना अगाडि सोही गाउँपालिकाको अर्को विद्यालयमा यस्तै समस्या देखा परेको थियो ।


तपाईको प्रतिक्रिया