भेरीगंगा। उपचारमा आर्थिक अभाब भएपछि सुर्खेतका प्रेम परियारको परिवारद्वारा उपचारमा सहयोगको अपिल गरिएको छ । भेरीगंगा नगरपालिका १० मदानीचौरका ३१ वर्षिय प्रेम परियारको करिब तिन वर्ष अगाडि घरको छतबाट लडेर ढाँँड भाचिएको थियो ।
लामो समय सम्म उपचार गराउदा २२ लाख खर्च भईसकेको र आर्थिक अबस्था कमजोर भएका प्रेमका परिवारले उपचारको लागी सहयोग गर्न अपिल गरेका छन । उनको कम्मर भन्दा तलको शरिर नचल्ने र उनको काठ्मान्डौ लगेर उपचार गर्नुपर्ने भएकाले घरपरियारले सहयोगको अपिल गरेको हुन ।
“ऋण गरेर आफुलाई भारतको लखनउमा लगेर अप्रेसन भयो तर अप्रेसन भएपनि मलाई सञ्चो भएन थप उपचार गर्नुपर्छ चिकित्सकले भनेका छन । उपचार गर्ने आफुसङ्ग पैसा छैन त्यसैले मेरो उपचार रोकिएको छ जसले जति सक्नुहुन्छ सहयोग गर्नुहोला” प्रेमले भने ।
सहयोग गर्न चाहानेले उनकी श्रीमती तुलसा परियारकोे लक्ष्मी बैंकको खाता नम्बर (११९२३००३४४९) मा रकम जम्मा गर्न सकिने अथवा बिरामीको सम्पर्क मोबाईल नम्बर ९७४२९६३००२ र ९८४८१०३९३९ मा सम्पर्क गर्न सकिने बताइएको छ ।


दर्शन खबर । २१ भाद्र २०७९, मंगलवार