
वीरेन्द्रनगर । प्रतिनिधीसभा क्षेत्र नम्वर २ प्रदेशसभा (क) बाट नेकपा एमालेका कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेल प्रदेश सभाको उम्मेदवारको लागि सिफारिस भएका छन् ।
नेकपा एमाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ प्रदेश सभा (क) प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको दोस्रो पूर्ण बैठकबाट आज उनी एकल रुपमा सिफारिस भएका हुन् ।
०७४ मा कँडेल २१ हजार २८२ मत प्राप्त गरेर विजयी हुँदा काँग्रेसका कमलराज रेग्मीले १५ हजार ९४७ मत प्राप्त गरेका थिए ।


दर्शन खबर । १८ भाद्र २०७९, शनिबार