भेरीगंगाका प्रमुख र उपप्रमुखको सय दिनको प्रगती यस्ता छन् ।


सुर्खेत । भेरीगंगा नगरपालिकाका नगर प्रमुख यज्ञ प्रशाद ढकाल र उपप्रमुख धनसरा बोहोराले सय दिनको प्रगती विवरण सार्वजनीक गर्नुभएको छ ।
यस्ता छन् प्रगती विवरण ।
१) भेरीगंगा निवासी नागरिकहरुलाई जटिल रोगहरु मुटु, क्यान्सर,मृगौला,पार्किन्सेन्स, अन्जाइमर्स, हेड इन्जुरी, स्पाइनलइन्जुरी,सिकलसेन इन्जुरी र प्यारालाइसिसबाट पूर्ण असक्त नागरीकहरुलाई मासिक २ हजार उपचार तथा जीवन निर्बाह भत्ता उपलब्ध गराउने निर्णय भएको ।
२) अनावश्यक घरभाडाहरुतथा गाडी भाडाको सम्झौताखारेजी गरीफजुलखर्च घटाइएको ।
३) सबै नागरिकहरुलाई सहज रुपमा यस नगरपालिकाबाट सेवालिनका लागी नगर प्रमुख, नगर उपप्रमुख,प्रमुख प्रशासकिय अधिकृत र लेखाअधिकृत संग सेवालिनका लागि तल्लो तलामा कार्यालय सारी अपाङ्ग, जेष्ठ नागरिक र असक्त नागरिकमैत्री कार्यकक्षको ब्यवस्थापन गरिएको ।

४) समग्र भेरीगंगाको विकासको लागि सबै राजनितिकदलका प्रमुखज्युहरु, हालसम्मका निर्वाचित जनप्रतिनिधीहरु,इन्जिनियर र निर्माण व्यावसायीहरु एवं सम्पूर्ण कर्मचारीहरुको अलग, अलग बैठक आयोजना गरी सल्लाह सुझाव लिएर योजनानिर्माण गर्ने नयाँ संस्कारको सुरुवात गरिएको ।
५) सम्पुर्ण कर्मचारीहरुलाई जनतासंग मुस्कान सहितको सेवाप्रदान गर्न र काममा ढिलासुस्ती र झन्झटको अन्त्य गरी जनमैत्री प्रशासनको सुरुवात गरिएको ।
६) नगरपालिकामा हुने फजुल खर्चको अन्त्य गरी नगरपालिकालाई नीति र विधिमा सन्चालन गर्दै, शुसासनको प्रत्याभुती गराउन कार्य थालनी गरिएको, ।
७) भेरीगंगा नगरपालिकाको मदानीचौर देखि पुर्वी क्षेत्रमा बिमानस्थल निर्माणका लागी वातावरण प्रभाव मुल्याकंन गर्न प्रथम पटक संयुक्त बैठक सम्पन्न भएको ।
(८) नगरपालिकाका प्रमुख शहरहरुमा सरसफाई अभियानको थालनी गरीफोहोरमैला व्यबस्थापन गर्नका लागी डस्टविन समेत बितरण गरिएको, भेरीगंगा नगरपालिकामा खानेपानी, सरसफाई तथा फोहोर मैला व्यवस्थापनका लागी खानेपानी तथा सरसफाई इकाईको स्थापना गरिएको छ ।
(१०) भेरीगंगा नगरपालिका भित्रको फोहोरमैला व्यवस्थापन गर्न र प्रशोधन केन्द्र निर्माण गर्नका लागी आईई र डिपिआरकोे प्रकृया सुरु भएको ।
(११) किसानहरुको समस्यालाई मध्यनजर गरी साविकको रामघाट र मैनतडामा कृषि प्रसार सेवा केन्द्र स्थापना गरी सन्चालन गरिएको ।
(१२) नगरपालिकाको कार्यालय भित्रनागरिक सहायताकक्ष (हेल्पडेस्क) स्थापना गरी संचालन गरिएको ।
(१३) बिपत पिडित,बिरामी तथा गरिब बिपन्न नागरिकहरुलाई स्वास्थ्यउपचार र राहतका लागी आर्थिक सहायता रकम बितरण गरिएको ।
(१४) छिन्चु बजार चोक देखि इलाका प्रहरी कार्यालय सम्म जाने सडक कालोपत्रे गरिएको ।
(१५) भेरीगंगा १२ छिन्चुमा बसपार्क निर्माणका लागिकार्य सम्झौता सम्पन्न गरिएको ।
(१६) भेरीगंगा वडा नम्वर १ र २ मा बिद्युतलाईन बिस्तारका लागितयार गरिएको डिपिआर स्वीकृत भएको ।
(१७) भेरीगंगा १२ छिन्चु स्वास्थ्यचौकीमा कोभिड १९ को परीक्षण र उपचार कार्य पुनः सुरु गरिएको ।
(१८) न्यायिक समितिबाट ३ वटा मुद्दाहरु मेलमिलापको विधिबाट टुंगो लगाइएको ।
(१९) जनतालाई गुणस्तरीय सेवा दिनका लागी प्रमुख प्रशासकिय अधिकृत र शाखा प्रमुखहरुसंग कार्य सम्पादन सम्झौता गरिएको ।
२०) नगर कार्यपालिकाको बैठकका निर्णयहरु वेबसाइृटमा राखी सार्वजनीक गर्ने गरिएको ।
२१) विगतमा अधुरा र अपुरा भएका जग्गाहरुको हकमा भुमिआयोग जिल्ला समिती सुर्खेतमा स्वयम निवेदक उपस्थीत भई फारम भर्नु पर्ने प्रावधान भएता पनी, जनताको समस्यालाई मध्यनजर गरी सम्वन्धीत वडा कार्यालयबाट फारम भराउने व्यवस्था मिलाईएको ।


तपाईको प्रतिक्रिया