भेरीको पानी वीरेन्द्रनगर ल्याउन नगरपालिका र खानेपानी विभागबीच सम्झौता

सुर्खेत । भेरीको पानी वीरेन्द्रनगर ल्याउन ल्याउनका लागी खानेपानी विभाग र वीरेन्द्रनगर नगरपालिकाविच सम्झौता भएको छ ।
निर्वाचनको बेला तीनवर्ष भित्र वीरेन्द्रनगरबासीलाई खानेपानी उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेकी नगरप्रमुख मोहनमाया ढकालले आज भेरी लिफ्ट खानेपानी आयोजना निर्माणका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेकी हुन् ।नेपालगञ्जमा आयोजना भएको एक कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख ढकाल र खानेपानी तथा ढल निकास विभागका महानिर्देशक रमकान्त दवाडीबीच बिहिवार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
नेकपा एमाले वीरेन्द्रनगरले चुनावी घोषणा पत्रमा तीनवर्ष भित्र भेरी लिफ्ट आयोजना निर्माण सम्पन्न गरी उपत्यकाबासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको थियो । नेपालगञ्जमा विभिन्न नगरपालिकासँग खानेपानी तथा सरसफाइ मन्त्रालय,प्रदेश जलस्रोत तथा उर्जा मन्त्रालय र खानेपानी तथा ढल निकास विभागले आजै सम्झौता गरेका छन् ।

 

सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रममा खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव मणीराम गेलाल,प्रदेशका सचिव देवराज निरौला र महानिर्देशक रमाकान्त दवाडी रहेका थिए । यस्तै नगरपालिकाको तर्फबाठ प्रमुख ढकाल,प्रमुख प्रशासकीय अधिकृत नुरहरी तिवारी र वीरेन्द्रनगर उपत्यका खानेपानी आयोजनाका अध्यक्ष कुलमणी देवकोटा उपस्थित भएका थिए ।
करिब ६ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको यो अयोजना दुई चरणमा सञ्चालन हुनेछ । ढकालका अनुसार पहिलो तीन वर्षमा पहिलो चरणको पानी विरतण हुनेछ । दोस्रो तीनवर्षमा योजना पूर्ण रुपमा सञ्चालन हुनेछ । आयोजना सम्पन्न गर्न करिब ६ अर्व रुपैंया लगानी हुनेछ ।



तपाईको प्रतिक्रिया