बालेन शैलीमा उत्रिए वीरेन्द्रनगर ३ का वडा अध्यक्ष बिष्ट, नगर सरकारलाई नैतीक दवाव

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष विनोद सिंह बिष्ट काठमाण्डौं माहानगरपालिकाका प्रमुख बालेन्द्र शाहाकै सैलीमा उत्रिने छनक देखाएका छन् ।
देशकै संघिय राजधानी समेत रहेको काठमाण्डौँ माहानगरले केहीदिन यता अनाधिकृत तथा नक्सापास विपरीत बनाईएका संरचनामा डोजर चलाएर भत्काउन थालेपछि त्यसको प्रशंसा तथा प्रभाव देशभर परिरहेको छ ।
यस संग वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ३ का युवा वडा अध्यक्ष बिष्टले गत भदौ १४ गते एक सुचना जारि गर्दै ३५ दिन भित्र वडा क्षेत्र भित्र सरकारी तथा सार्वजनिक जग्गा र सडक अतिक्रमण गरि नियम विपरीत निर्माण गरिएका भौतिक संरचनाहरु हटाउन सुचना जारी गरेका छन् ।

सुचना जारि गरिएको मितिले ३५ दिन भित्र संरचना हटाउन र सुचनाको अटेर गरेमा कानुन अनुसार अगाडी बढ्ने वडा अध्यक्ष विष्टले बताएका छन् ।
यता सुचना सार्वजानिक भए संगै धेरै जस्तो स्थानियले राम्रो कामको थालनी गरेको भन्दै प्रशंसा गरेका छन् भने कति कतिप नागरिकहरुले सस्तो लोकप्रीयताको लागि मात्र गरिएको र वडा सरकारले यो काम कार्यान्वयनमा ल्याउन नसक्ने भन्दै आलोचना समेत गरेका छन् ।
अध्यक्ष बिष्ट वडा नम्वर ३ मा अल्पमतमा रहेका छन् । यो अन्तरवार्ता हेरौँ ।

तपाईको प्रतिक्रिया