सुर्खेतको मसिनामा भ्यान र जीप एक आपसमा ठोक्किदा ६ जना घाईते

सुर्खेत। सुर्खेतको बराहताल गाउँपालिका ८ को मसिनामा भ्यान र जीप एक आपसमा ठोक्किदा एकजना गम्भीर र ५ जना सामान्य घाइते भएका छन ।  बुधवार साँझ साढे ७ बजे वड्ढिडीचौर देखि सुर्खेत वीरेन्द्रनगर आउदैँ गरेको भे च २८८० नम्बरकोे भ्यान र विपरित दिशाबाट जादैँ गरेको भे १ ज ८३७ नम्बरको जीप एक आपसमा ठोकिँएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परि गम्भिर घाईते बराहताल गाउँपालिका वडा नम्बर ५ बस्ने १८ वर्षिय बम बहादुर विक रहेको छन । उनको प्रदेश अस्पताल कालागाउमा उपचार भैरहेको छ ।

अन्य ५ जना घाईतेको भने पहिचान खुल्न बाँकी रहेको र उनिहरुको पनि प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भैरहेको दर्शन खबरलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया