नेपाललाई आमूल परिवर्तन गर्ने एक मात्र पार्टी नेकपा एकीकृत समाजवादी : झलनाथ खनाल

सुर्खेत। पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आफू उमेरले बुढो भए पनि विचार जवान भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सुर्खेतले बुधबार आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले, नेपाललाई आमूल परिवर्तन गर्ने एक मात्र पार्टी नेकपा (एकीकृत समाजवादी) भएको बताएका हुन् ।

उनले भने ‘हाम्रा सामू अनेक चुनौती छन् । सुरुवातमा जब नेपाल कम्युनिष्ट पार्टी थालनी भयो त्यसै दिनबाट कम्युनिष्ट क्रान्तिको सुरुवात भएको थियो । बिगतदेखि नै हाम्रो कम्युनिष्ट पार्टीको नेतृत्व गलत व्यक्तिको हातमा गयो र बेला बेलामा कम्युनिष्ट क्रान्ति माथि प्रहार भयो । र पार्टी भित्र पटक पटक विद्रोह भयो ।’

बिगतलाई नबुझि वर्तमान बुझिन्न र वर्तमानलाई नबुझी भविष्यलाई बुझिन्न भन्दै नेता खनालले हाम्रो देशको परिवर्तन छापामार, र जनयुद्धबाट होइन जनविद्रोहवाट सम्भाव भएको बताउँदै आफू वृद्ध भए पनि विचार जवान भएको बताए ।

‘एकपछि अर्को पिढी आउँछ तर बिचार कहिले पनि बुढो हुँदैन भन्दै क्रान्तीमा लागिसकेपछी हामी एकछिन पनि आराम लिनुहुँदैन । हामी अहिले नयाँ क्रान्तिमा आएका छौं’, उनले भने ।

‘आफूहरुको विद्रोह संविधानको रक्षा गर्न, संसदलाई बचाउनका निम्ति र विचारलाई बचाइ राख्नको लागि भएको उनले बताए । अब समाजवादी क्रान्तिलाई अगाडि बढाउन लाग्नु पर्ने उनलको भनाइ छ ।


तपाईको प्रतिक्रिया