शिवालय ४ को वडा कार्यालय भवन निर्माण अन्तिम चरणमा

कुलेन्द्र शाही सुर्खेत। जाजरकोटको शिवालय गाउँपालिका वडा नम्बर–४ को वडा कार्यालय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाको ५० लाख अनुदान र स्थानियको १० लाख श्रमदान गरि कुल ६० लाखमा निर्माण हुँदै गरेको सो भवनको काम २ महिनाभित्र सकिने शिवालय गाउँपालिकाका वडा नम्बर–४ का वडा अध्यक्ष शिवलाल रेग्मीले जानकारी दिनुभयो ।

रेग्मीका अनुसार ५ कोठाको सुविधा सम्पन्न पक्की भवन निर्माण सम्पन्न हुन लागेको हो । अब भवनको ३० प्रतिशत काम बाँकी रहेको उहाले बताउनुभयो । दुई महिनापछि वडाले आफ्नै भवनबाट सेवा दिनेगरी तयारी गरिरहेको वडा अध्यक्ष रेग्मीले बताउनुभयो ।

स्थानीयले उपलब्ध गराएको जग्गामा वडा कार्यालयको भवन निर्माणको काम अन्तिम चरणमा रहेको छ । स्थानीय काशीराम जैसीले वडालाई ३ रोपनी जग्गा उपलब्ध गराएका हुन ।

वडाको लागि जग्गा उपलब्ध भएपनि कोभिड १९ को संक्रमण तथा राम्रो ग्राबेल सडक नहुँदा सामान ल्याउनमा समस्या भएको कारणले भवन निर्माणमा ढिलाई भएकोे वडा अध्यक्ष रेग्मीले बताउनुभयो ।

वडा कार्यालय अहिले सरस्वती मा वि टाटा नजिकै स्थानियको घरबाट संचालन हुदैँ आएको छ । वडाले स्थानिय घरमा वडा संचालन गरे वापत मासिक तिन हजार रुपैँया दिदैँ आएको छ । अव भवन निर्माणको काम सकिएमा नयाँ भवनबाट सहज रुपमा सेवा प्रवाह हुने वडा अध्यक्ष रेग्मीले जानकारी दिनुभयो ।

No description available.No description available.


तपाईको प्रतिक्रिया