केपी ओलीको क्षेत्रबाट ‘जिग्री ब्रो’ ले स्वतन्त्र उम्मेदवारी दिने

 

काठमाडौं । चर्चीत हाँस्य टेलिसिरियल सक्किगाेनीका प्रमुख कलाकार ‘जिग्री ब्रो’ ले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।
‘जिग्री ब्रो’ का नामले परिचित कलाकार कुमार कट्टेलले एमाले अध्यक्ष केपि हर्मा ओलीको क्षेत्र झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने भएका हुन् । कट्टेलले उम्मेदवारी दिने आधिकारिक घोषणा नगरेको भए पनि आफू यसको तयारीमा रहेको बताएका छन् । अहिलेसम्म आधिकारिक घोषणा नभएता पनी जतिसक्दो चाँडो उक्त क्षेत्रबाट चुनाव लड्न स्वतन्त्र उम्मेदवारीको घोषणा गर्ने उनले बताए । कट्टेल पनि झापा-५ कै मतदाता हुन् । आफु अहिलेसम्म कुनै पार्टीमा पनि आबद्ध नभएको भन्दै जिग्रीले स्वतन्त्र उम्मेदवारको रुपमा जनतासँग इमान्दार भएर काम गर्ने चाहना भएको बताएका छन् ।
कट्टेलले उम्मेदवारी दिने तयारी गरेपछि अहिले सामाजिक सञ्जालमा उनको चुनावी पोस्टरसहित प्रचारप्रसार सुरु भएको छ ।


तपाईको प्रतिक्रिया