
सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुपकमल दाहाल (प्रचण्ड) भोली सुर्खेत आउन लागेका छन्। पार्टीको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम तथा केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी विचकोे समन्वय बैठकलाई सम्बोधन गर्नका लागी प्रचण्ड सुर्खेत आउन लागेका हुन् । प्रचण्ड संगै बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिवहरु शक्ती बस्नेत र जनार्दन शर्मा पनी सुर्खेत आउन लागेको नेकपा माओवादी केन्द्र प्रदेश कमिटीका उपाध्यक्ष कृष्ण जिसिले जानकारी दिए । माओवादी केन्द्र प्रदेश कमिटीको आयोजनामा हुन लागेको प्रशिक्षण कार्यक्रममा जिल्ला समनवय समिती भन्दा माथिल्लो स्तरका नेता तथा कार्यकर्ता, प्रदेश कमिटीका सदस्यहरु, जेष्ठ कम्युनिष्ट मञ्च तथा विभिन्न जनबर्गीय संगठनहरुको सहभागितामा हुने आयोजनकले जनाएको छ, कार्यक्रम वीरेन्द्रनगरको सिटीहलमा हुने छ ।


दर्शन खबर । १५ भाद्र २०७९, बुधबार