जिल्ला भेलालाई सम्बोधन गर्न झलनाथ खनाल सुर्खेत आउँदै

सुर्खेत । नेकपा (एकीकृत समाजवादी) को जिल्ला भेलालाई सम्बोधन गर्न समाजवादीका सम्मानित नेता झलनाथ खनाल भोली सुर्खेत आउँदै छन् । नेकपा नेकपा एकीकृत समाजवादीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनलाई केन्द्रीत गरेर जिल्ला भेलाको आयोजना गरिएको छ ।
भेलालाई सम्बोधन गर्न पार्टीका सम्मानित नेता तथा पुवै प्रधानमन्त्री खनाल सहित उपमहासचिव प्रकाश ज्वाला, कर्णाली प्रदेश कमिटीका अध्यक्ष अम्मरवहादुर थापा लगाएतले सम्बोधन गर्नु हुने कार्यक्रम रहेको छ । जिल्ला भेलामा पार्टीका केन्द्रिय सदस्यहरु, प्रदेश कमिटीका सदस्यहरु, दस वटै जिल्ला कमिटीका अध्यक्षहरु जनवर्गीय संगठनका नेता कार्यकर्ताहरुको सहभागीता रहने छ । कार्यक्रम सुर्खेतको विरेन्द्रनगर स्थित सिटी हलमा संचालन हुने आयोजकले बताएको ।


तपाईको प्रतिक्रिया