प्रधानन्यायाधीश जबरा बयान दिन सिंहदरबार पुगे

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बयान दिनका लागि प्रतिनिधि सभाको महाअभियोग सिफारिस समितिमा पुगेका छन् ।
सोही समितिले आज  उनलाई बयानका लागि बोलाएको हो । नेपालको न्याययिक तथा संसदीय इतिहासमा पहिलो पटक प्रधानन्यायाधीशसँग बयान लिन लागिएको छ ।
उहाँलाई संघीय संसद सचिवालयका मर्यादापालकले सुरक्षा दिएर समितिमा लगेका थिए । महाअभियोग सिफारिस समितिका सभापति रामबहादुर विष्टका अनुसार महाअभियोगमा लागेका आरोपका विषयमा उहाँले बयान दिनेछन् ।

गत १ फागुनमा सत्तारुढ दलका सांसदहरुले जबराविरुद्ध महाअभियोग संसदमा दर्ता गरेका थिए । महाअभियोगको विषयमा अध्ययन गर्न प्रतिनिधिसभाले गठन गरेको ११ सदस्यीय समितिको बैठकले १९ भदौ महिनाभित्र प्रतिवेदन बुझाउने कार्यतालिका पारित गरेको छ ।
जसका लागि १२ भदौसम्म प्रमाण जुटाउने र अध्ययन गर्ने समितिले निर्णय गरेको थियो ।


तपाईको प्रतिक्रिया