भिजिट भिसामा मानव तस्करी- सातामा २ सय ६८ जना फर्काइए

काठमाडौं । मानव तस्करको समूहले भिजिट भिसामा विदेश लैजान लागेको आशंकामा प्रहरीले पछिल्लो हप्ता २ सय ६८ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएको छ ।
भिजिट भिसामा मानव तस्करी बढेको गुनासोपछि प्रहरीले भदौ ७ देखि कडाइ थालेको थियो । शंकास्पद कागजपत्र भएकालाई दैनिकजसो प्रहरीले विमानस्थलबाट फर्काउँदै आएको थियो ।
छानबिनका क्रममा ती कागजपत्र नक्कली भएकोसमेत पुष्टि भएको छ । प्रारम्भिक अनुसन्धानमा कतिपय महिलालाई तस्करले दुबई हुँदै सिरिया र इरानमा बिक्रीका लागि लैजान लागेको खुलेको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी दानबहादुर मल्लले बताए ।
फर्काइएकामध्ये १ सय २० जना महिला छन् । यसरी भिजिट भिसामा पठाउन विमानस्थलस्थित अध्यागमन र एयरलाइन्सको समेत मिलेमतो रहेको पाइएको छ ।


तपाईको प्रतिक्रिया