करेन्ट लागेर एकको मृत्यु

सुर्खेत ।
करेन्ट लगाएर माछा मार्ने क्रममा सुर्खेतमा एकको मृत्यु भएको छ ।
वीरेन्द्रनगर नगरपालिका वडा नम्बर–३ का २१ वर्षिया लक्ष्मण चौधरीको आज दिउसो करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
प्रहरीका अनुसार वत्ती गएको बेलामा माछा मार्नकालागी घर नजिकैको खोलामा घरबाट बत्तीको लाइन जोडिएको र एक्कासि बत्ती आएपछी करेन्ट लागेर घाइते भएका चौधरीको उपचारका लागी अस्पताल लिदै गर्दा बाटोमै मृत्यु भएको हो ।
मृतकको शवलाई पोष्टमार्टमका लागी प्रदेश अस्पतालको शव गृहमा राखिएको छ । शवको पोष्ट मार्टम भोलीमात्र हुने प्रहरीले जनाएको छ ।


तपाईको प्रतिक्रिया