सुर्खेत । पार्टीको बैठकमा सहभागी हुनैकै लागी कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाही हुम्ला पुगे शनीवारको दिन । असार सात गते सुर्खेतबाट सिमकोट मुख्यमन्त्रीसहित नेकपा कर्णाली प्रदेशका नेताहरु उक्त हेलिकोप्टरमा सवार भएका थिए । भने असार सात गते नेकपा हुम्लाको पहिलो बैठक बसेको थियो । उक्त बैठकमा भाग लिन मुख्य मन्त्रीसहित नेकपाका नेताहरु त्यसमा आएका थिए ।
असार आठ गते बेलुका उक्त पार्टीको कालिकोटको बैठकमा भाग लिन मुख्यमन्त्री शाही, नेकपाको प्रदेश कमिटीका अध्यक्ष गोरख बहादुर बोगटी र सचिब माया प्रसाद शर्मा कालिकोट उत्रिएका थिए भने सामाजिक विकास मन्त्री सुर्खेतसम्म सवार भएका थिए ।
एक रात उक्त हेलिकोप्टर सिमकोट बिमानस्थलमा नाईट स्टे भएको थियो ।
सुर्खेतबाट सिमकोट एकतर्फी उडान भर्दा निजी हेलिकोप्टरले चार्टर फ्लाईटको साढे चार लाखसम्म भाडा लिने गरेका छन् ।
यस हिसाबले मुख्यमन्त्री शाहीले पार्टीको मिटिङमा भाग लिन हेलिकोप्टर चार्टरको भाडा नौ लाख रुपैयाँ राज्य कोषबाट स्वाहा हुने देखिएको छ ।



दर्शन खबर । ९ असार २०७६, सोमबार