दैलेखमा ट्रक दुर्घटना हुँदा दुईजना घाइते

सुर्खेत ।
नेपालगञ्जबाट दैलेख जाँदै गरेको ना ४ ख ४६०७ नम्बरको मालबाहक ट्रक गुराँस गाउँपालिका ४ तालपोखरीमा दर्घटना हुदा दुइजना घाइते भएका छन् ।
घाइते हुनेहरुमा बर्दिया घर भएका चालक टिका खत्री र सहचालक प्रकाश पाण्डे रहेको रानीमत्ता प्रहरी चौकीले जनाएको छ ।
सहचालकको अवस्था सामान्य रहेपनि चालकको अवस्था भने गम्भिर रहेको प्रहरीको भनाई छ । घाइते दुबैको उपचारका लागि सुर्खेत पठाइएको छ ।
विपरित दिशाबाट आइरहेको जिपलाई साइड दिने क्रममा ट्रक दुर्घटनामा परेको हो ।


तपाईको प्रतिक्रिया