सुर्खेत/ कर्णाली प्रदेशमा थपिएका माओवादी केन्द्रका दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार प्रदेश प्रमुख तिलक परियारले आर्थिक मामिला तथा योजना मन्त्री कृष्णा शाह र जलस्रोत तथा ऊर्जा विकास मन्त्री रातो कामीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
यसअघि माओवादीले आफ्ना सरकारमा सहभागी आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जल, स्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएर शाह र कामीलाई मन्त्रीका लागि मुख्यमन्त्रीसमक्ष सिफारिस गरेको थियो ।
रुकुम पश्चिमका कामी र जाजरकोटकी शाह मन्त्री बनेसँगै कर्णाली प्रदेशमा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने ११ जना मन्त्री बन्न सफल भएका छन् ।


दर्शन खबर । १३ भाद्र २०७९, सोमबार