काठमाडौं । अदालतको मानहानी मुद्दामा सर्वोच्च अदालतले ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले शाहलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश जारी गरेको हो ।
अधिवक्ता दीपकराज जोशीले दायर गरेको रिटमाथि सुनुवाइ पछि जारी आदेशमा माग बमोजिम अवहेलनामा किन सजाय हुनु नपर्ने हो सोको आधार र कारणसहित ७ दिनभित्र आफै वा आफ्नो प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्न भनिएको छ।
नर्भिक अदालतले दायर गरेको रिटपछि अदालतको मानहानी हुनेगरी शाहले टिप्पणी गरेको भन्दै जोशीले साहविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरेका थिए ।
साहले ‘संविधान संशोधन गरेर नक्सा पास गर्ने अधिकार अदालतलाई दिउँ’ भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए । त्यसले अदालतको अवहेलना गरेको जोशीको तर्क छ।


दर्शन खबर । १३ भाद्र २०७९, सोमबार