
काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका पदाधिकारी र राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल सुरु भएको छ । सोमबार दिउँसो २ बजेपछि राष्ट्रपतिको कार्यालय शीतल निवासमा कांग्रेस पदाधिकारी र राष्ट्रपति भण्डारीबीच छलफल चलिरहेको छ ।
नागरिकता विधेयका विषयमा छलफल गर्न राष्ट्रपति भण्डारीले प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवालाई बोलाएकी थिइन् । देउवा उपसभापति धनराज गुरुङ महामन्त्री, गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीलाई साथमा लिएर शीतल निवास पुगेका छन् ।
संघीय संसदका दुबै सदनबाट पारित भएर प्रमाणीकरणका शीतल निवास पुगेको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले फिर्ता गरिदिएकी थिइन् । संसदका दुबै सदनबाट प्रक्रिया पुर्याएर पुनः राष्ट्रपति समक्ष पठाउने तयारी छ । मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
माओवादीले आफ्ना सरकारमा सहभागी दुई मन्त्री आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जल, स्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएर मन्त्री बन्न बाँकी सांसद शाह र कामीलाई मन्त्रीका लागि मुख्यमन्त्री समक्ष सिफारिस गरेको थियो ।


दर्शन खबर । १३ भाद्र २०७९, सोमबार