कुलेन्द्र शाही सुर्खेत। जाजरकोटको नलगाड नगरपालिकामा खुद्रा सामान बोकेको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको छ । नलगाड नगरपालिका ७ कालीमाटीबाट बारेकोट गाउपालिका २ लिम्सा तर्फ जादै गरेको भे १ त ७८९५ नम्बरकोे ट्याक्टर शुक्रवार दिउँसो ३ः५५ को समयमा सडकदेखि करिव १०० मिटर तल नरसिहगाड खोलामा खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा परेर चालक जाजरकोट भेरी नगरपालिका २ पोखरा बस्ने २५ बर्षका धन बहादुर बि.क घाइते भएका छन । घाईते बि.क को टाउको र घुडामा सामान्य चोट रहेको लागेको छ ।
बि.क लाई उपचारको लागि स्वास्थ्य चौकी सिर्के पठाईएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । ट्रयाक्टरका सहचालक कुशे गाउपालिका ५ खुर्पा बस्ने १८ बर्षका पुष्प रावल सकुशल रहेको प्रहरीले जनाएको छ ।


दर्शन खबर । ११ भाद्र २०७९, शनिबार