मोटरसाईकल अनियन्त्रित हुँदा दुर्घटनाः मोटरसाईकल चालक घाईते

कुलेन्द्र शाही सुर्खेत/  रुकुम पश्चिममा मोटरसाईकल दुर्घटना हुँदा एक जना घाईते भएका छन । हिजो (बिहिवार) मुसिकोट नगरपालिका १ बाट पिपलनेटा तर्फ जादै गरेको रा ५ प ७३५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पिललनेटाको कच्ची सडकबाट अन्दाजी १५० मिटर तल खसेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा परि चालक मुसिकोट नगरपालिका वडा नम्बर ३ पिपलनेटा बस्ने २३ वर्षका जनक बि क घाईते भएको प्रहरीले जनाएको छ ।
घाईते बिकलाई जिल्ला अस्पताल सल्लेमा ल्याई सामान्य उपचार पछि थप उपचारका लागि हिजो (बिहिवार) दिउँसो १२:५० को समयमा कर्णाली प्रदेश ०२००१ झ ०११५ नम्बरको एम्बुलेन्समा नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।

मोटरसाईकल भने घटनास्थलमा नै रहेको छ ।


तपाईको प्रतिक्रिया