आगामी निर्वाचनमा सुर्खेतबाट २ लाख ४७ हजार मतदाता सहभागी हुने

                                                                                       फाईल फाेटाे

सुर्खेत । आउँदो मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा सुर्खेतबाट २ लाख ४७ हजार ७४० जना मतदाता सहभागी हुने भएका छन् ।
बिहिवार निर्वाचन कार्यालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी दिईएको हो ।
कर्णाली प्रदेश निर्वाचन कार्यालयका अनुसार सुर्खेतका दुईवटा प्रतिनिधि सभा र चारवटा प्रदेश सभा निर्वाचन क्षेत्रमा गरी झण्डै ढाईलाख मतदाता रहेका छन् । कार्यालयका अनुसार क्षेत्र नम्बर १ मा एक लाख २३ हजार ७५ जना र क्षेत्र नम्बर २ मा एक लाख २४ हजार ६६५ जना मतदाता रहेका छन् ।

सुर्खेतका कुल मतदातामध्ये १ लाख २७ हजार २६ जना महिला छन् भने १ लाख २० हजार ७१४ जना पुरुष रहेको प्रदेश निर्वाचन अधिकृत दुर्गा प्रशाद चालिसेले जानकारी दिए ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार यही भदौ १२ गते मतदाता नामावली प्रकाशन गरिनेछ । भदौ १३ देखि १५ गतेसम्म प्रकाशित मतदाता नामावलीमा रहेको त्रुटी सच्याउन समय दिईएको छ ।


तपाईको प्रतिक्रिया