स्वर्गीय जीवन घर्ती मगरको परिवारलाई अभियान रकम हस्तान्तरण

सुर्खेत/ इपिएस मार्फत रोजगारीको सिलसिलामा कोरिया आउनुभएको सुर्खेत पञ्चपुरी नगरपालीका वडा नं ०३ का २७ वर्षिय जीवन घर्ती मगरको 경기도को 포천 (खेङ्गिदो को फोछन्) सहरमा सडक दुर्घट्नामा परि ज्यान गुमाएका थिए । उहाँको पार्थिव शरीर नेपाल पठाई अन्तिम दाहसंस्कार गर्नका लागी र पारिवारिक राहत होस भनी सुर्खेत समाज दक्षिण कोरिया र कर्णाली प्रदेश समाज दक्षिण कोरिया द्वारा संयुक्त रुपमा आर्थिक संकलन अभियान संचालन गरेको थियो ।

विभिन्न क्षेत्रमा कार्यरत कोरियाबासि सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लगायत कोरिया स्थित नेपाल राजदुतावास, लगायत विभन्न सामाजिक संघ संस्थाहरु ले यस दुस्खद घडिमा यस अभियानमा भौतिक रुपमा प्रत्येक्ष अप्रत्येक्ष जोडिएर आर्थिक संकलन कोषमा सहयोग रकम जम्मा १२२३८०६८ ₩ (एक करोड बाईस लाख अठ्तिसहजार अठ्सठ्ठी कोरियन वन) अर्थात रु ११६३४०० ( एघार लाख त्रिसठ्ठि हजार चार सय रुपैया मात्र ) संकलन भएको थियो ।

उक्त संकलित सहयोग रकम स्व।जीवन घर्ती मगर को दाहसंस्कार पश्चात कोषमा रहेको रकम दुबै संस्था का प्रतिनिधि सुर्खेत समाज दक्षिण कोरियाका अध्यक्ष बखत थापा र कर्णाली प्रदेश समाज दक्षिण कोरिया का अध्यक्ष गणेश कोईराला लगायत सुर्खेत समाजका निवर्तमान अध्यक्ष लक्ष्मीनारायण बस्नेत को रोहवरमा स्व। जीवन घर्ति मगर को घरमै पुगि परिवार लाई हस्तान्तरण गर्नुभएकोछ ।

सुर्खेत समाज दक्षिण कोरिया र कर्णाली प्रदेश समाज दक्षिण कोरिया ले स्थापना काल देखीनै सामाजिक दायित्व अनुरुप कोरियामा रहेका सुर्खेत जिल्ला तथा कर्णाली प्रदेश का दक्षिण कोरियामा कार्यरत सम्पूर्ण लाई एकतृत बनाई आपसमा दुर्घट्ना न्युनिकरणमा सहजिकरण, सहयोग, सद्भाव, अपनत्व, भाईचारा कायम राख्दै विभिन्न संघ संस्थाहरुसंग सहकार्य गर्दै समाजिक क्षेत्रमा उल्लेखनीय कार्य हरु गर्दै आएको जनकारी दिदै रोजगारी को सिलसिलामा दक्षिण कोरीया आएका सुर्खेत जिल्लाका मात्रै ४ जना युवा ले ज्यान गुमाएको स्मरण गराउँदै सुर्खेत समाजका सल्लाहकार संयोजक आशाराम ढुङ्गाना ले स्व. जीवन घर्ती मगरको चिर शान्तिको कामना गर्दै दुःख व्यक्त गर्नुभयो ।

साथै सुर्खेत समाज दक्षिण कोरिया का कार्यबहाक अध्यक्ष गोपाल खड्का र कर्णाली प्रदेश समाज दक्षिण कोरिया का कार्यबहाक अध्यक्ष सुदिप रावतले यस दुखद समयमा अभियान मा सहकार्य गरि आर्थीक भौतिक रुप मा साथ सहयोग गर्नुहुने सम्पूर्ण सहयोगि मन संघ संस्था हरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो ।


तपाईको प्रतिक्रिया