गुर्भाकोटका सबै सामुदायिक विद्यालय भदौ १२ गते देखि बन्द गर्न आह्वान

अमर राजवंशी गुर्भाको/ नेपाल विद्यालय कर्मचारी परिषद केन्द्रिय समितिको निर्णयानुसार नगर समिति गुर्भाकोटले यहि भदौ १२ गतेदेखि १८ गते सम्म गुर्भाकोटका सबै सामुदायिक विद्यालय बन्द गर्ने सूचना जारी गरेको छ ।

जस अनुसार केन्द्रिय समितिले यस अघि नै देश भरका सबै सामुदायिक विद्यालय सो अबधिमा बन्द गर्ने सूचना गरिसकेको नेपाल विद्यालय कर्मचारी परिषद गुर्भाकोटका अध्यक्ष सन्त बहादुर राजीले जानकारी दिनुभयो ।

आज एक सूचना निकाल्दै अध्यक्ष राजीले सम्पुर्ण संघठन सामुदायिक विद्यालयका प्रधानध्यापक ज्युहरुलाई यस न्याय प्राप्तिको आन्दोलनमा यहाँहरुको साथ र सहयोग रहने छ भनि आफूहरुले आशा समेत गरेको बताउनुभयो ।


तपाईको प्रतिक्रिया