पञ्चपुरीको माझीगाउँबाट घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरियो


सुर्खेत । पञ्चपुरी नगरपालिकाको माझीगाउँबाट घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अवैध तयारी मदिरा, कच्चा पदार्थ बरामद गरी नष्ट गरिएको हो ।
मंगलबार ईलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतबाट प्रहरी निरीक्षक टेक बहादुर देउवाको कमाण्डमा खटिएको १२ जनाको प्रहरी टोलिले नगरपालिकाको वडा नम्वर ८ माझीगाउँबाट ४० लिटर घरेलु मधिरा, ५० लिटर घरेलु मदिरा बनाउन प्रयोग गरीने कच्चा पदार्थ, घरेलु मदिरा बनाउन प्रयोग गरीने भाडा सेट १ सेट र मधिरा राख्ने भाडाँ सोही वडाका वडा अध्यक्ष दिपक कुमार थापाको रोहवरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।


तपाईको प्रतिक्रिया