कुलेन्द्र शाही भेरीगंगा/ भेरीगंगा नगरपालिका ९ जहरेमा बेवारिसे अबस्थामा शव फेला परेको छ । अन्दाजी ६०/६५ वर्षको पुरुषको शव फेला परेको हो । बेवारिसे अवस्थामा फेला परेको शवकोे पहिचान नखुलेकोे जिल्ला प्रहरी कार्यालय सुर्खेत प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक सुरज कार्कीले बताए ।
शव फेला परेको ठाउँमा इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरिक्षक रमेश राईको टोली खटिएको छ । यस घटना बारे अनुसन्धान भईरहेको प्रवक्ता कार्कीले जानकारी दिए ।


दर्शन खबर । ७ भाद्र २०७९, मंगलवार