
सुर्खेत । गुर्भाकोट नगरपालिकामा जग्गा नापनक्सा कार्य सुरु गरिएको छ । सोमबार भुमी आयोगले गुर्भाकोट ८ को खटाङ्गमा एक कार्यक्रम गरि जग्गा नापनक्सा गर्न सुरु गरेको हो । नापनक्सा शुभारम्भ कार्यक्रममा बोल्दै भूमी आयोग सुर्खेतका अध्यक्ष श्रीधर पौडेलले नापजाँच भैसकेका जग्गाहरुको हकमा नभई छुटेका र नापी नभएका जग्गाहरुको नापनक्सा गर्ने कार्यको थालनी गरिएको बताए ।
कार्यक्रममा गुर्भाकोट नगरपालिकाकी उपप्रमुख मैना बिकले नागरिकले भूमी माथि आफ्नो स्वामित्व ग्रहण गर्न नपाई मर्नुपर्ने अवस्थाको अन्त्य गर्न आफूहरु सक्रियतापूर्वक लागेको र आगामी दिनमा पनि लाग्ने बताईन् ।
यस्तै नगरप्रमुख हस्त पुनले सहज वातावरण बने ६ महिनाभित्र गुर्भाकोट भित्रका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास अन्तर्गतका सम्पूर्ण कामहरु सकेर नागरिकलाई जग्गाधनी पूर्जा उपलब्ध गराउने प्रतिवद्दता व्यक्त व्यक्त गरे ।


दर्शन खबर । ७ भाद्र २०७९, मंगलवार