विप्लव सहित ४ दलको बन्दः कतै तोडफोड र आजगनी कतै सामान्य प्रभाव


सुर्खेत । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ दलले मंगलबार आयोजना गरेको नेपाल बन्दमा कतै सवारी साधनमा आगजनी तोडफोड त कतै सामान्य प्रभाव देखीएको छ ।
नेत्र विक्रम चन्द नेतृत्वको नेकपा सहित बन्दलाई ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र नेकपा माओवादी समाजवादी पार्टीले समर्थन गरेका छन् । ४ दलको बन्द भनिए पनी सुर्खेतमा भने सामान्य प्रभाव देखिएको छ । लामो दुरीका सार्वजनीक सवारी साधनहर भने विहानै देखी चलेकै छैनन् भने मोटरसाईकल तथा अन्य साधनहर बजार क्षेत्रमा चलिरहेका छन् । वीरेन्द्रनगरका चौकहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली तैनाथी अवस्थामा रहेको छ ।

 

केपी वली सरकारका बेला भएको ३ बुँदै सम्झौताअनुसार आफ्नो पार्टीका नेतारकार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता, थुनाबाट मुक्त गर्नुपर्ने माग अगाडि सार्दै विप्लव नेतृत्वको नेकपाले आजका लागि देशव्यापी बन्दको घोषणा गरेको हो । हिजो मात्रै सरकारले विप्लव माथी लगाईएको ३२ मुद्दा फिर्ता नहुने बताएपछीे विप्लव नेतृत्वको नेकपा थप उग्र बन्न सक्ने आसंका पैदा भएको छ ।
यस्तै दाङ्गमा भने विहानै बन्द कर्ताले एक ट्रिपर माथी आगजनी गरेका छन् ।
कैलालीको दुई ठाउँमा शंकास्पद वस्तु भेटिएको छ । गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुलमा टिफिनको बट्टा शंकास्पद तरिकाले राखिएको भेटिएको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हरैया शिविर नजिक कुकर फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलमा पुगेर नेपाली सेनाको टोलीले शंकास्पद बस्तु डिस्पोज गर्ने तयारी गरिरहेको छ ।
यता डोटीको दिपायलमा नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका दुई नेता पक्राउ परेका छन् । मंगलबार बिहान दिपायल बजार बन्द गराउँदै हिँडेका उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाई रहेको छ ।


तपाईको प्रतिक्रिया