देशभर थप ६५८ जनामा सङ्क्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौँ । देशभर थप ६ सय ५८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६ हजार ६ सय ४३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४ सय ५ तथा एन्टीजेन विधिबाट २ सय ५३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा थप १ जना सङ्क्रमितको मृत्यु पनि भएको छ । हालसम्म नेपालमा ११ हजार ९ सय ९३ जनाले कोभिड-१९ बाट ज्यान गुमाइसकेका छन् ।
त्यस्तै, थप ४ सय ५६ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार २ सय ९६ पुगेको छ । पछिल्लो २४ घण्टामा ३८ हजार १५ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।


तपाईको प्रतिक्रिया