जुम्लामा भालुको आक्रमणबाट एक जना महिला घाइते

कुलेन्द्र शाही सुर्खेत / जुम्लामा भालुले आक्रमण गर्दा एक जना महिला गम्भीर घाईते भएकी छन । घाईते हुनेमा जुम्ला चन्दननाथ नगरपालिका ८ जाते भिर बस्ने ४० बर्ष की मैया बुढा रहेकी छन ।

उनी सोमवार दिउँसो १ बजे खतवाला लेकमा दाउरा लिन गएको अवस्थामा जंगली भालुले आक्रमण गरी टाउको र घाँटिमा चिथोरेर घाईते बनाएको थियो ।  घाईते बुढाको हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भईरहेको र अवस्था बोल्ने सक्ने रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।


तपाईको प्रतिक्रिया