
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका नेताहरुले नेपालकै भूमि लिम्पियाधुरालाई आफ्नो भन्न नसकेको बताएका छन् । काठमाडौँमा आयोजित कार्यक्रममा उनले देउवा-प्रचण्ड-माधवले आफ्नो भूमिबारे बोल्न पर्दैन भन्दै प्रश्न गरेका हुन् ।
‘गठबन्धनको हेर्नुस त म्याउ म्याउ। यिनीहरुले लिम्पियाधुरा नेपालको भन्न सक्छन् प्रश्न गर्न चाहन्छु । शेरबहादुर देउवाज्यु, दार्चुलाको नक्सामा लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको हो कि होइन ? प्रचण्डज्यु चुइक्क गर्नुहुन्न । माधव नेपाल भन्ने हुनुहुन्छ, लिम्पीयाधुराबारे बोल्न पर्दैन?,’ उनको प्रश्न थियो ।
उनले सत्ता गठबन्धनलाई जनविरोधीको संज्ञा दिए । ‘लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ । अहिलेको गठबन्धन सुन्न, सहन सक्दैन । प्रतिस्पर्धाको राजनीति होइन, राजनीतिलाई दुष्मनी बनाएको छ,’ उनले भने ।
गठबन्धनले जनता ढाँट्ने, जनता अलमलाउने काम गरेको उनको आरोप छ । ओलीले भने, ‘गठबन्धनका नेताहरु छोरी बुहारीलाई माथि उठाउन काम गरिरहेका छन। नातागोतालाई माथि उठाउन लागिरहेका छन्। हाम्रा नेताहरु देश बनाउने काममा केन्द्रित छन्् ।’
नेपाली कांग्रेस नसप्रिएकोमा उनले अचम्म माने। ‘लोकतन्त्र भनेको फरक विचार मान्नु हो । लोकतन्त्रको मुख्य कुरा फरक मान्यता, फरक विचारलाई सुन्न सक्नु हो। तानाशाहीले फरक विचार सुन्न सक्दैन । सहन सक्दैन । अहिलेको गठबन्धन तानाशाहीजस्तै छ,’ उनले भने । अन्नपुर्णबाट


दर्शन खबर । ६ भाद्र २०७९, सोमबार