उम्मेदवारहरुले खर्चको अनुमानित रकम मनोनयनपत्र दर्ता गर्दा जानकारी गराउनुपर्ने

                                                                                        फाईल फाेटाे

काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवारहरुले निर्वाचनको खर्चको अनुमानित रकम मनोनयनपत्र दर्ता गर्दा जानकारी गराउनुपर्ने भएको छ ।
निर्वाचन आचारसंहिता २०७९ लाई सुझावका आधारमा परिमार्जन र संशोधनका लागि दलहरुसँग छलफल गर्दै निर्वाचन आयोगले अनुमानीत चुनावी खर्च र स्रोतका बारेमा मनोनयनपत्र दर्ता गर्दा नै जानकारी गराउनुपर्ने जनाएको हो ।
त्यस्तै, उम्मेदवारहरुले मनोनयनपत्र दर्ता गर्दा नै आफ्नो सम्पती विवरण र व्यक्तिगत विवरण बुझाउनुपर्ने व्यवस्था समेत आयोगले गर्न लागेको छ ।

त्यस्तै निर्वाचन प्रचारमा १० वटा सम्म राष्ट्रिय प्रयोग गर्न पाउने व्यवस्था आयोगले गर्न लागेको छ ।
निर्वाचन आचारसंहितका बारेमा दलहरुबाट मिश्रित सुझावहरु आएको र सुझावहरुका आधारमा छिटै राजपत्रमा प्रकाशनका लागि पठाउने तयारी भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
त्यस्तै, दलहरुसँग खर्चको सीमाका बारेमा पनि छलफल भएको र अर्को बैठकले टुङ्गो लगाउने उनले जानकारी दिए ।


तपाईको प्रतिक्रिया