कुलेन्द्र शाही सुर्खेत/ सुर्खेतबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन । प्रहरीले वीरेन्द्रनगर नगरपालिका ११ पिपिरा स्थित देउती बज्यै मन्दिर नजिक बस्ने १९ बर्षका प्रतिक केसीलाई आफ्नै घरमा बसिरहेको अबस्थामा पक्राउ गरेको हो ।
कर्णाली प्रदेश प्रहरी कार्यालय प्रदेश ब्युरो, लागूऔषध ब्युरो र जिल्ला प्रहरी कार्यालयबाट सादा पोसाकमा खटिएको संयुक्त प्रहरी टोलीले आज मध्यान्ह १२ बजेको समयमा शंका लागि चेक जाँच गर्दा उनी सुत्ने कोठामा रहेको बाकसमा प्लाष्टिक भित्र लुकाई छिपाई राखेको नाप तौल नगरेको १ पुडिया लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


दर्शन खबर । ६ भाद्र २०७९, सोमबार