हातमा कालोपट्टी बाँधेर विरोध जनाउँदै कर्मचारी

सुर्खेत । निजामती कर्मचारीहरुले सोमबार विभिन्न कार्यालयहरुमा हातमा कालोपट्टी बाँधेर विरोध जनाउँदै काम गरेका छन् । नेपाल निजामती सेवा ऐन जारी गर्नुपर्ने माग गर्दै गरिएको देशव्यापी विरोध कार्यक्रमअन्तर्गत सुर्खेतमा पनि सबै सरकारी कार्यालयहरु अगाडि मागसहितको कालो व्यानर राखी हातमा कालोपट्टी बाँधेर काम कमेचारीहरुले विरोध जनाएका हुन् ।
निजामती क्षेत्रका ५ वटा संगठनहरु नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, राष्ट्रिय कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल र नेपाल मधेसी कर्मचारी मञ्चले सरकारविरुद्ध विरोधका कार्यक्रम घोषणा गरेका थिए। निजामती सेवा ऐन जारी गर्नुपर्ने माग राखेर विगतदेखि नै कर्मचारीहरुले विरोध गरिरहेका छन् ।

 


तपाईको प्रतिक्रिया