सुर्खेत/ बाँकेलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको छ । गएराति १ बजेर २८ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का बाँके सुर्खेत सहित पश्चिम नेपालका केही जिल्ला र भारतको लखनउ क्षेत्रसम्म महसुस भएको केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले जानकारी दिनुभयो ।मध्यराति भूकम्प गएपछि नागरिक घरबाहिर निस्किएका थिए ।


दर्शन खबर । ४ भाद्र २०७९, शनिबार